11973329_1665543423659879_448031598_o

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को टोलि १० दिन लामो भारत भ्रमण गर्‍यो । सो टोली गो–कार्टस् कम्पनीहरुको अध्ययन र नेपालमा त्यसको संभावना, दिल्ली काठमाडौ भिन्टेज मोटर र्‍यालिको तयारी,SAE-India द्धारा आयोजित Conference मा सहभागी बन्यो । त्यस्तै नेपाली मोटरसाइकल राइडरहरुलाई चेन्नाइ रेसिङ्ग सर्किटमा तालिमको अवसरबारे छलफल, कलकत्ता–हल्दिया मोटर र्‍यालिमा सहभागिता तथा हिमालयन मोटर र्‍यालिलाई नेपाल सम्म जोड्ने सहमती गरि सो टोली नेपाल फर्कियो । सो टोलीमा उपाध्यक्ष मेघराज पौडेल, महासचिव गोविन्द भट्टराई तथा सदस्यहरु राम कुमार शाही, प्रकाश कपुरी र सन्तोष न्यौपाने रहेका थिए ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को टोलि १० दिन लामो भारत भ्रमण गर्‍यो । सो टोली गो–कार्टस् कम्पनीहरुको अध्ययन र नेपालमा त्यसको संभावना, दिल्ली काठमाडौ भिन्टेज मोटर र्‍यालिको तयारी,SAE-India द्धारा आयोजित Conference मा सहभागी बन्यो । त्यस्तै नेपाली मोटरसाइकल राइडरहरुलाई चेन्नाइ रेसिङ्ग सर्किटमा तालिमको अवसरबारे छलफल, कलकत्ता–हल्दिया मोटर र्‍यालिमा सहभागिता तथा हिमालयन मोटर र्‍यालिलाई नेपाल सम्म जोड्ने सहमती गरि सो टोली नेपाल फर्कियो । सो टोलीमा उपाध्यक्ष मेघराज पौडेल, महासचिव गोविन्द भट्टराई तथा सदस्यहरु राम कुमार शाही, प्रकाश कपुरी र सन्तोष न्यौपाने रहेका थिए ।

Motoring तथा Touring क्षेत्रमा खुसीको कुरा FIA Sport Regional Congress नेपालमा हुने

DEF_FIA_SRC_15_Asia-Pacific_Nepal
Horizontal format_op1, ok

आगामी अप्रिल २३ देखि २५ सम्म नेपालको राजधानी काठमाडौंमा FIA Sports Regional Congress को आयोजना हुँदैछ । नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसन (नासा) को व्यवस्थापन र FIA (Federation Internationale del’Automobile को कार्ययोजना अनुसार सम्पन्न हुने उक्त Congress मा एसिया प्यासिफिक क्षेत्रका २३ देशको सहभागिता रहनेछ ।

FIA President Jean Todt
      FIA President Jean Todt

त्यसैगरी FIA President Jean Todt को समेत उपस्थिति रहने सो Congress मा जेनेभामा रहेको Administrative Office तथा पेरिसमा रहेको Head Quarter बाट उच्च तहका पदाधिकारीहरु समेत सहभागी हुनेछन । उक्त Congresss मा सबै गरी लगभग १०० जना पदाधिकारीहरुको सहभागिता रहनेछ ।

 

 

 

 

 

Conference को महत्वपुर्ण ब्यक्तित्वको रुपमा Michelle Yeoh समेत हुनुहुनेछ । उहाँ GLOBAL ROAD SAFETY AMBASSADOR हुनुहुन्छ । उहाले FIA Congress मा सहभागिता जनाउनुका साथै नेपालका उच्च पदस्थ व्यक्तित्वहरुसँग समेत भेटभाट गर्नुहुनेछ ।

Michelle Yeoh
     Michelle Yeoh

सो Congress को महत्वपुर्ण अंगको रुपमा अटोमोबाइल क्षेत्रका विभिन्न उत्पादन तथा ऐतिहासिक जानकारीमुलक प्रदर्शनी समेत हुनेछ । कार्यक्रमको सन्दर्भमा नेपालमा शाहसिक खेलकुद तथा पर्यटन पर्वद्घन सम्बन्धि द्घिपक्षिय तथा बहुपक्षिय छलफल हुनेछ भने दक्षिण एसियालि क्षेत्रमा ड्राइभ टुरिजम सम्बन्धि छुट्टै सत्र समेत संचालन गरिनेछ । उक्त Conference  मा अटोमोवाइल , टुरिजम तथा मिडिया सम्बन्धि विभिन्न स्टल राखिनेछ । सो कार्यक्रमले विश्वव्यापी रुपमा नेपालको फरक र विशेष पहिचान दिनुका साथै नेपालको अटोमोबाइल तथा पर्यटनको इतिहासमा महत्वपुर्ण योगदान दिने छ ।

विप्लक राष्ट्रिय च्याम्पियन

विप्लक श्रेष्ठले रेसमान्डुको तेश्रो शृंखला अन्तर्गत राष्ट्रिय बाइकर्स च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् । सन्तोष श्रेष्ठ दोश्रो तथा विवेश श्रेष्ठले तेश्रो स्थान हात पारे ।
विप्लकले क्याटोगरी ‘ए’अन्तर्गत २ सय सीसीसम्मको प्रतिस्पर्धा पनि पहिलो स्थान हात पारे । सन्तोष यो विधा पनि दोश्रोमै सीमित भए भने विशाल राईले तेश्रो स्थानमा चित्त बुझाए ।racemandu
तेश्रो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल पर्वतीय खेलकुद महासंघको तत्वावधानमा नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) द्वारा आयोजित रेसमान्डुको क्याटगोरी ‘बी’को २ सय ५० सीसीसम्म सेन विल्सन मोक्तान पहिलो, प्रवीण कार्की दोश्रो तथा नितेश खड्गी तेश्रो भए ।
सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा भएको महिला बाइकर्स च्याम्पियनसिपमा दीपा  श्रेष्ठ पहिलो, रोजी गुरुङ दोश्रो तथा वर्षा बस्नेत तेश्रो भए ।
कूल पुरस्कार राशी २ लाख ४० हजार रुपैयाँ रहेको थियो । चारै स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार हात पारे ।

इन्डो–नेपाल मैत्रीमोटर¥यालीको पहिलो चरण सम्पन्न तथा दोस्रो चरण आरम्भ

INDO-Nepal-Moter-Rally 2nd phase‘फर नेचर, एडभेन्चर एन्डकल्चर’ भन्ने नाराका साथगत फेब्रुअरीमा उडिसाको जगन्नाथ पुरीबाट सुरु भएको इन्डो–नेपाल मैत्रीमोटर ¥यालीको पहिलो चरण धुलीखेलमा आएर मंगलबार अबेर राती सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन ९नासा० तथा भारतको कालिङगा मोटर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ¥यालीको दोश्रो चरण बिहीबार बिहान राष्ट्रिय खेलकुद परिषद्बाट सुरु भएको छ । उडिसाको भुवनेश्वर, झारखण्डको राँची, पटना, जोगबनीहुँदै नेपालप्रवेश गरेको ¥याली विराटनगर, धरान, बर्दिवास, सिन्धुलीहुँदै धुलिखेल आइपुगेको हो । २५ गाढीमा चालक, नेभिगेटर, मेकानिक्स तथा मिडियाकर्मी गरी ८३ सदस्यीय ¥याली टोलीलाई नेपालको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले स्वागत गरेका थिए । सदस्य–सचिव लामाले यस प्रकारको ¥यालीले दुई देश बीचको पुरानो सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउने धारणा व्यक्त गर्दै नेपाल साहसिक खेलको उत्तम गन्तब्य भएको बताए। नेपाल भारत मैत्री मोटर र्याली २०१५ को काठमाडौंमा बिहीबार उद्घाटन भएको छ । यसको उद्घाटन खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र भारतीय राजदूत रञ्जित रे ले संयुक्त रुपमा गरेका हुन् । तेश्रो पर्वतीय खेलकुद महोत्सवका सन्दर्भमा सञ्चलित सो ¥यालीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास लिइएको छ । दोश्रो चरणको ¥याली पोखरा, लुम्बिनी, धनगढीहुँदै भारतको नयाँदिल्लीमा रहेको इन्डिया गेटमा पुगेपछि मार्च ८ तारिखमा विधिवत् सम्पन्न हुनेछ ।